स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कैद नै बस्नु परेपनि तयार छु : अध्यक्ष घिमिरे

11

काठमाडौँ, १५ असोज । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताउनुभएको छ ।

उहाँविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार पत्रकार सम्मेल गर्दै उहाँले प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने,‘प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ । संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ । यो न्याय परिषद्ले गरेका काम क्रियाकलापको सन्दर्भबारे बोलिएको शब्द हुन । त्यसकारण विरोध गर्न पाइन्छ । हरिकृष्ण कार्की प्रतिवेदनमा स्वयम् भोलि बन्न लाग्नुभएको प्रकाश राउतले हस्ताक्षर गर्नुभएको छ । प्रतिवेदन मैले बोलेको शब्दभन्दा धेरै कडा छ ।’

उहाँले कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कैद नै बस्नु परेपनि आफू तयार रहेको तर गैरकानुनी र गैरसंवैधानिक कामलाई संवैधानिक भन्न कदापी नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कानुनको शासन र न्यायपालिकाको रक्षाका लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणामा जे आएपनि भोग्न तयार छु । कैद नै बस्नु परेछ भने पनि म त्यसको लागि तयार छु । तर, गैरकानुनी गैरसंवैधानिक कामलाई संवैधानिक भन्न सक्दिनँ ।’

Share This:
सम्बन्धित खबर
Loading...