आजदेखि साफ यू–१७ च्याम्पियनसिप

12

काठमाडौँ, ४ असोज । साफ यू–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदै छ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुने छन् ।

उद्घाटन खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने छ । भारत गत संस्करणको उपाधि विजेता टोली हो ।

यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । साफ यू–१७ का लागि बुधवार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउनुभएको छ ।

नेपाली टिमले काठमाडौँमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उहाँको भनाइ छ ।

सन् २०२२ को साफ यू–१७ मा उपविजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उहाँको भनाइ छ । नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथाङ रंगशालामा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...