विश्वकप लिग–२ क्रिकेट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

3

काठमाडौँ, २ असोज । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दै छ । क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरू हुने छ ।

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

ओमान ४ खेलमा १ जित र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा ८ टोलीको सहभागीता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...