विश्व कप लिग टु : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

51

काठमाडौँ, ३१ भदौ ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्ड्ससँग लिग–टु कै एकदिवसीयमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुने खेल क्यानडाको ओन्टारियोमा खेलाइने छ । क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ ।

भारत र श्रीलंकामा गरेको तयारी टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शत प्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ । क्यानमा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्ने छ ।

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ । नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । एकदिवसीय सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...