कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन ?

49

काठमाडौँ, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले बार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ । नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर ?’

Share This:
सम्बन्धित खबर
Loading...