संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज

15

काठमाडौँ, २६ भदौ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तत्कालीन नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताउनुभएको छ । सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उहाँले यस्तो बताउनुभयो ।

‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरु आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...