पलेशालाई कांग्रेसद्वारा पाँच लाख रुपैयाँसहित सम्मान

20

काठमाडौँ, २३ भदौ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जित्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...