काठमाडौँ, २२ भदौ । सरकारले २१औँ निजामति सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामति सेवा पुरस्कार १० र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन ।
यसवर्ष १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामति सेवाका लागि छनोट गरेको छ ।
जानकारीअनुसार उत्कृष्ट निजामति सेवा पुरस्कार गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर केसी, राजुप्रसाद गुरागाईँ, सागर मिश्र, चुडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई, बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन् ।
यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, र केशव राज पार्धे रहेका छन् । त्यस्तै, वेदप्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बू, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राम माया गुरुङले पनि निजामती सेवा पुरस्कार पाएका छन् ।
यस्तै, निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा.पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।