सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुसी गरेको भन्दै कर्मचारी र स्थानीयबासी आन्दोलित

8

काठमाडौँ, १९ भदौ । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित छन् ।

बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैरकानुनी तरिकाले बरखास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारू गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पिडन बन्द गर ,कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानि गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए ।

आन्दोलनमा सहभागी जनक शर्मा लामिछानेले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भएता पनि मृगौलासम्बन्धी बाहेक अरु सेवाबाट बञ्चित हुनु परेको गुनासो गर्नुभयो । सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको, उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको रहेछ । जसमा मृर्गौला रोग, मुटु रोग, फोक्सोलगायतका महत्त्वपूर्ण प्रत्यारोपण गर्नेलगायत सम्पूर्ण उपचार गर्ने सुविधा दिएको छ । त्यसका लागि आवश्यक श्रोत र साधन उपलब्ध पनि रहेछ । तर, अहिलेसम्म मृर्गौलाको मात्रै भएको अरु सबै सेवा सञ्चालन नभएको देखियो । सरकारबाट पाउने सेवा सुविधा खर्च भएको । उपकरण र जनशक्ति पनि उपलब्ध छन् तर सबै हुँदा पनि काम भएर त्यसैले सेवा सञ्चालन गर्न आवाज उठाउन हामी बाध्य भयौँ । ’

Share This:
सम्बन्धित खबर
Loading...