पदक विजेता पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

23

काठमाडौँ, १९ भदौ । पेरिस पारा ओलम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन काठमाडौँ आइपुग्नुभएको छ ।

पेरिसमा ओलम्पिक २०२४ को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जित्नुभएको थियो ।

ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गर्नुभएको छ । उहाँको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ ।

पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किंएका छन् ।

पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कास्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउनुभएको थियो ।

उहाँले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराउनुभएको थियो । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठुलो पदक हो ।

Share This:
सम्बन्धित खबर
Loading...