बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि

55

काठमाडौँ, १२ भदौ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

एकपक्षीय खेलमा बंगलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक/एक गोल गरे ।

नेपालका लागि समिर तामाङले एक सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै दबाबमा रहेको नेपालले घरेलु मैदानमा उपाधि चुम्ने अवसर गुमाएको हो ।

नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले हराएको थियो ।

नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो । बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो ।

च्याम्पियनसिपमा साफमा आबद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...