मुलुकको सबैभन्दा ठुलो आय स्रोतका रुपमा ऊर्जालाई लिन सकिने

13

काठमाडौँ, ११ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल कार्यक्रम गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठुलो आय स्रोतका रुपमा लिन सकिने ऊर्जा क्षेत्रको विकासको तिव्रताको गतिलाई पूर्णता दिनुपर्ने बताउनुभयो । थन्केर बसेको ठुला आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको भन्दै पूर्वमन्त्रीहरुसँग छलफल मन्त्रालयलाई मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘लक्ष्यहरु परिपूर्ति गर्न र बिक्री गर्न आयस्रोतका हिसाबले पनि मुलुकको ठुलो आय स्रोतका रुपमा लैजान प्रशस्त कामहरु गर्नुपर्नेछ । चुनौती र अनुभव अब राज्यले लिनुपर्ने नीतिका लागि आवश्यक छ । ठुला आयोजनाहरु थन्केर बसेको अवस्था छ । यिनलाई अब अगाडि बढाउनुपर्ने आवश्यक छ । यहाँहरुको अनुभव पनि यो मन्त्रालयलाई मार्गदर्शन हुनेछ ।’

त्यस्तै, पूर्वऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले जलासययुक्त आयोजनामा नगइ नहुने अवस्था रहेकाले यसका निजी क्षेत्रलाई ल्याउन आवश्यक रहेको बताउनुभयो । ‘आगामी १० वर्षसम्म १३ देखि १४ हजार आफैँले उत्पादन गर्ने योजनाका लागि एउटा जलासययुक्त आयोजनामा जानुको विकल्प नरहेको र जलासययुक्त आयोजनामा लागतको हिसाबले आकर्षक नरहेको कारण यसमा राज्यले केही व्यवस्थापन गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘जलासययुक्र आयोजनामा नगइ हुँदैन । यसमा निजी क्षेत्र आएकै छैन । सुख्खा मौसममा आत्मनिर्भर हुने र आगामी १० वर्षसम्म १३ देखि १४ हजार आफैँले उत्पादन गर्ने योजना हुनैपर्छ । त्यसका लागि एउटा जलासययुक्त आयोजनामा जानुको विकल्प छैन ।’

त्यस्तै, पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले योजनाहरु बनाउने तर निर्धारित समयमा सम्पन्न नहुँदा त्यसको लागत बढेर गएको भन्दै कसरी सम्पन्न गर्ने त्यसको बारेमा गम्भीरताकासाथ सोच्न आवश्यक रहेको बताउनुभयो ।

जलस्रोतको विकासबाट नै देशको समृद्धि हुने भएकाले विद्युतको विकासमा ध्यान पूर्ण रुपले केन्द«त हुन जरुरी रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...