नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

93

काठमाडौँ, ९ भदौ । साफ यू–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित फाइनलमा पुगेको हो ।

भुटानका लागि जेत्सुएन दोर्जेले ५५औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो ।

७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे । उनले एयर बलमा डिबक्सभित्रबाट हेडमार्फत गोल गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...