आयोगको धेरै जस्तो उजुरीहरु सरकारबाट कार्यान्वयन भइराखेको छैन : अध्यक्ष मगर

19

काठमाडौँ, ५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले उजुरीहरु सरकारबाट कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारको अवस्था सम्बन्धमा भएको छलफलमा उहाँले उजुरीहरु कसरी बढी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययनका लागि समिति गठन गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो उजुरीहरु धेरै जस्तो सरकारबाट कार्यान्वयन भइराखेको अवस्था छैन । सिफारिसहरु लागु भइसकेको छैन । हामीले चाहिँ फलोअप गरिराखेका छौँ । त्यसकै कारण नै अहिले एउटा समिति गठन भइरहेको छ । त्यो समितिले कसरी अब बढी कार्यन्वयन गर्न सकिन्छ भनेर अध्ययन गर्दै छ ।’

उहाँले मानव अधिकार संरक्षणसम्बन्धी संविधानले दिएको अधिकारअनुसार नै आयोगले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानव अधिकार संरक्षणसम्बन्धी संविधानले दिएको अधिकार जुन छ त्यही अनुसार नै हामी लागिरहेको छौँ । त्यही अनुसार नै काम गरिराखेका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...