सरकारको अनुमति प्राप्त संस्थाहरुले सदाचार नीति अनिवार्य लागु गर्नुपर्छ : वामदेव गौतम [भिडिओ]

18

काठमाडौँ, ५ भदौ । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य वामदेव गौतमले सरकारको अनुमतिले सञ्चालन भएका सबै संस्थाहरुले सदाचार नीति लागु नगरेमा कारबाहीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार समितिमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यस्को प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग भएको छलफलमा उनले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सबै संस्थाहरुले सदाचार नीति जारी गर्नुपर्छ भनेर हामीले सरकारलाई भन्ने र त्यो लागु गर्नको लागि नेपाल सरकारले संस्थागत रुपमा कानुन र नियम बनाएर जारी गर्ने र संस्थाहरुले त्यो पालना गर्नुपर्छ । नेपाल सरकारको अनुमतिले सञ्चालन भएका जति पनि संस्थाहरु छन् । जसमा धेरै धेरै व्यक्तिहरुको प्रवेश गरेका छन् भने त्यो संस्थालाई सदाचार नीति लागु गर्ने तर त्यो नीति लागु गरेन भने त्यसमाथि कारबाही हुने भनेर भन्ने यसरी लागु गर्नुपर्छ ।’

उहाँले राष्ट्रिय सदाचार नीति नियम र कानुन नभई व्यक्तिको आचरण भएकाले व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिने धारणा राख्नुभयो । सदाचार नीतिमार्फत् सरकारले मन्त्रीहरुले निर्वाह गर्नुपर्ने सदाचार जारी गर्न खोजेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सदाचार नीति नियम पनि होइन, कानुन पनि होइन, संविधान पनि बन्न सक्दैन । त्यो सदाचार नीति नै हो त्यो भनेको व्यक्तिको आचरण हो र व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिन्छ, त्यो संस्था व्यक्तिको रुपमा हुन्छ त्यसरी आचरण लागु गर्न सकिन्छ । त्योभन्दा बढी गर्नै हुन्न । प्रतिनिधि सभा छ त्यसले आफ्नो सदस्यहरुलाई सदाचार लागु गर्ने, नेपाल सरकारले आफ्नो मन्त्रीहरुले निर्वाह गर्नुपर्ने सदाचार जारी गर्ने हो ।’

Share This:
सम्बन्धित खबर
Loading...