साफ यू–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

113

काठमाडौँ, २ भदौ । साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी हासिल गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । खेलको २४औँ मिनेटमा निराजन धामीले नेपालका लागि गोल गरेका थिए ।

नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्ने छ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्ने छ ।

प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् ।

प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भए पनि एएफसी च्यालेन्ज कप प्लेअफअन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको हुनाले खेलहरु एन्फा कम्प्लेक्समा गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...