चार संसदीय समितिको बैठक बस्दै

16

काठमाडौँ, २ भदौ । प्रतिनिधि सभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज कानुन, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दै छ ।

कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ ।

पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने छ । बैठक बिहान ११ बजे बस्ने छ ।
बिहान ११ः३० मा बस्ने कृषि समितिको बैठक कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा इआइएरआइइईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...