नेपालले १९ वर्षमुनिको विश्वकपको एसिया छनोट आयोजना गर्ने

20

काठमाडौँ, १ भदौ । सन् २०२६ मा हुने आइसिसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो ।

नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो । एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुने छ ।

एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन् ।

एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आइसिसी यू–१९ विश्वकपका लागि छनोट हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...