खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार नदिएको विषयप्रति खेलकुदमन्त्रीलाई ध्यानाकर्षण

41

मकवानपुर, ३१ साउन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलिले मन्त्री महर्जनसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

तत्कालीन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विभिन्न पदक प्राप्त खेलाडीहरुलाई पुरस्कार दिइने भनेर घोषणा गरेकोे २ वर्ष समय पुग्दा पनि पुरस्कार नदिएको विषयप्रति खेलाडीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा २०७९ साल कार्तिक महिनामा सम्पन्न भएको ९औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी स्वर्ण, रजत तथा कास्य पदक प्राप्त गरेका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप प्रदेशबाट नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा भए पनि हालसम्म पनि पुरस्कार नपाएकाले खेलाडीहरुमा निराशाजनक अवस्था सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ ।

पूर्वघोषित पुरस्कारमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार पुरस्कार रहेको थियो । खेलाडीहरुले पुरस्कार रकम २ करोड २४ लाख रुपैयाँ माग गरेका छन् ।

ध्यानाकर्षण बुझदै मन्त्री महर्जनले पुरस्कार माग रकम खेलकुदको नीति नियमभन्दा माथि भएकाले अर्थ मन्त्रालयले बजेट उपलब्धमा सहमति नजनाएको बताउनुभयो ।

उहाँले आफू पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीव्रता दिइएको बताउनुभयो । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडीको हितका लागि मन्त्रालयले तीव्रताका साथ काम गर्ने उहाँले बताउनुभयो ।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...