प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

19

काठमाडौँ, ३० साउन । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाई भेट गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गर्नुभएको हो ।

भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्‍याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताउनुभयो ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...