काठमाडौँ, २८ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जाजकारी म तपाईंहरलाई गराउन चाहन्छु ।’
उहाँले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री चौधरीले सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षादिक्षा, जलवायुलगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नवीनतम् र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताउनुभयो ।
‘सिर्जना, क्षमता र साहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायुलगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो ।
उहाँले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो ।
‘दीगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको छ । यसले आर्थिक, सामाजिक वातावरणीय आयामहरुमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागि समेत आधार तय गर्दै गएको छ,’ उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रुपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भूमिकाबाट युवा उद्यमशीलतामा जोड दिनुभयो । उहाँले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।
‘समृद्ध नेपालका लागि युवा र प्रविधि उत्तम प्रयोग गर्न सक्नुपर्छ । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक छ । नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ,’ उहाँले भन्नुभयो ।