राजनीतिक परिवर्तनको संवाहक माओवादी केन्द्र हो : शक्ति बस्नेत

27

काठमाडौँ, २३ साउन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बहादुर बस्नेतले राजनीतिक परिवर्तनको संवाहक माओवादी केन्द्र भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले माओवादी केन्द्रले सबै जनतालाई ऊर्जा, चेतना र विश्वास दिएर सबै भौतिक तागतलाई बदलेर यो देशमा राजनीतिक परिवर्तन लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र)ले उत्पीडित वर्ग र जाती,क्षेत्र,लिंग, समुदायमा एउटा विश्वास दियो ,जागरण दियो, ऊर्जा दियो, चेतना दियो यो सबै ऊर्जा, चेतना, विश्वास र प्रतिबद्धतालाई भौतिक तागतमा बदलेर यो देशमा ठुलो राजनीतिक परिवर्तन पनि सम्भव भयो र २०६३/६४ तिर देशमा जुन परिवर्तन भयो त्यो सबै माओवादीले गरेको हो भन्ने सबै जनताले बुझेका छन् । ’

साथै, उहाँले पार्टीभित्र अनावश्यक बहसतिर लाग्न नहुँने बताउनुभयो । उहाँले कांग्रेस र एमाले लक्षित गर्दै ३२ सिटको माओवादी केन्द्रसँग सबैभन्दा राम्रो लिडरसिप गर्न सक्ने क्षमता भएको दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...