काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन् ।
महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा छलफल हुने छ ।
बैठकले महासमिति बैठकबाट पारित नीति, सांग्ठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने छ ।
पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।