प्रदेश सरकार इमान्दार र प्रतिबद्ध हुनुपर्छ : प्रवक्ता महत [भिडिओ]

48

काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदेश सरकारमा सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली कांग्रेसको नेतृत्वबाट हुनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रादेशिक संरचनामाथि नै प्रश्न उठेको अवस्थामा प्रदेश सरकारहरुले इमान्दार र प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो प्रादेशिक संरचनाले हाम्रो देशलाई अगाडि बढाउन मद्धत गरेको छ कि छैन भन्ने खालको प्रश्न आम नागरिक र पार्टीभित्रै पनि उठ्ने गरेको छ । यसअर्थमा प्रदेश संरचना हेर्नेहरुको जिम्मेवारी अलि बढी छ । यो सार्थक रुपमा जुन प्रदेश सरकारहरुले सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली कांग्रेसको नेतृत्वमा रहेकाहरुले गर्नुपर्छ ।’

उहाँले पार्टीभन्दा पहिला देश र जनता आउने भन्दै प्रदेशमा प्राप्त भएका बजेटलाई अनावश्यक खर्च नगर्न पनि आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...