यो सरकारको जिम्मेवारी ठुलो छ : मन्त्री सिंह

18

काठमाडौँ, १९ साउन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठुला दल कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले छिटो छिटो सरकार परिवर्तन हुँदा देशमा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताउनुभयो ।

‘राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ । जिम्मेवारी ठुलो छ । त्यसमा तपाईंहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ,’ उहाँको भनाइ छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री बन्नुभएका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिलामन्त्री बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...