काठमाडौँ, १६ साउन । नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ ।