विश्व बैंकबाट १३ अर्ब ३३ करोड रूपैयाँ बराबरको सहुलियत ऋण सरकारद्वारा स्वीकृत

44

काठमाडौँ, १४ साउन । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।

बिहीबार बसेको मन्त्रपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्ले १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात् एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।’

त्यस्तै, १५ जिल्लाका दुई लाख ७१ हजार ६४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने पनि निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रिय परिचयपत्र वितरण निर्देशिका २०७५ को दफा १५ को उपदफा २ बमोजिम १५ जिल्लाका दुई लाख ७१ हजार ६४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने ।’

Share This:
सम्बन्धित खबर
Loading...