भौतिक संरचनामा सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

33

काठमाडौँ, १३ साउन । गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालयअन्तर्गतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतबार सिहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘समितिमा उठेका कुरा सबै ठिकै छन । तर, भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । र यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ । भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ । बढी संख्यामा कैदीबन्दी राख्नुपर्ने स्थिति छ । त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’

साथै लेखकले सुरक्षा व्यवस्थाको कुरा पनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताउनुभयो ।

साथै उहाँले अहिलेको समयमा अपराधका घटनाहरु धेरै बढेको बताउनुभयो । उहाँले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...