काठमाडौँ, ८ साउन । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विपद् घटनालाई लिएर राज्यले बृहत् रुपमा सोच्न आग्रह गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले गएरातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नम्बर ४ मा बाढीका कारण बासिन्दाहरु समस्यामा परेको भन्दै सरकरालाई उचित संरक्षणको माग गर्नुभयो ।
उहाँले भन्नुभयो,‘हिजो रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नम्बर ४ मा जनताहरु पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन । विपद्को लागि राज्यले अलि बृहत् रुपमा सोच्ने बेला भएको छ । खाली सानो तिनो राजनीतिक मुद्दाहरुमा होइन अरु विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस् भन्ने माग गर्दछु ।’