काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन् । यात्राका क्रममा विभिन्न बाधाहरु आउन सक्छन् । तर, सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढेने छ । सफल ढंगबाट यो अगाडि बढ्छ ।’
उहाँले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’