समयको मागअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

27

काठमाडौँ, ७ साउन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उहाँले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको मागअनुसार संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरु त्यसलाई परिवर्तन गर्नका लागि विधि प्रक्रिया पूरा गरेर जनताको मागअनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ, यो तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यौँ भन्ने मलाई लाग्छ ।’

यस्तै, उहाँले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कांग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ । यो सरकार जनताको चाहानाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नको लागि बनेको हो । दुईवटा ठुला पार्टी मिलेर साना दलहरुलाई पनि साथमा लिएर सुधार गर्न र जनतालाई राहात दिनको लागि वर्तमान सरकार बनेको छ । नेपालको अर्थतन्त्रलाई चलाएमान बनाउनका लागि र नेपालको उद्योगधन्दाहरुलाई चलायमान बनाउनका लागि हामीले काम गर्नपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...