काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो ।
प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए । एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे ।
एमाले अध्यक्षसमेत रहनुभएकाका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई सरकारमा सहभागी नेकपा (एमाले), नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए भने प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले मत दिएनन् ।
ओली चौैथो पटक प्रधानमन्त्री हुनुभएको हो ।