मेरो राजनीतिको गुरू बिपी, मन्त्रिमण्डलको गुरू केपी : मन्त्री पाण्डे

24

काठमाडौँ, ६ साउन । यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० चार जनालाई प्रदान गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्राडा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई प्रदान गरेको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बिपी कोइराला नेपाली राजनीतिको रचनाकार भएको बताउनुभयो ।

तत्कालीन समयको जटिलता र प्रतिकुलताका बीचमा बिपीले सत्य स्थापित गर्नका लागि ठुलो मूल्य चुकाएकै कारण बिपी आफ्नो राजनीति गुरु भएको समेत पाण्डेले बताउनुभयो । उहाँले आफ्नो राजनीतिक गुरू बिपी भएपनि सरकार वा मन्त्रीमण्डलको गुरु केपी ओली भएको स्पष्ट पार्नुभयो । मुलुकमा सुशासन र स्थायित्व दिनका लागि ओलीको मन्त्रीमण्डल जिम्मेवार रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला मेरा राजनीतिक गुरु हुनुहुन्छ । लोकतान्त्रिक चेतनाका गुरू हुनुहुन्थ्यो । त्यो बेलाको जटिलता र प्रतिकुलताका बिचमा वीपीले सत्य स्थापित गर्नका लागि कुन मुल्य चुकाउनुभयो भन्ने कुरा सर्ववितिदै छ । नेपालले समाजवादउन्मुख संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, जो लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित छ । यो स्थापित गर्ने बिन्दुसम्म आइपुग्दा नेपाली राजनीतिको एउटा रचनाकारको रुपमा बिपी कोइराला स्थापित हुनुहुन्थ्यो ।’

Share This:
सम्बन्धित खबर
Loading...