देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

75

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गर्नुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित ६२औँ इञ्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भए पनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकार अप्ठ्यारा खोज्ने होइन अप्ठरालाई सहजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...