काठमाडौँ, १ साउन । समाजवादी मोर्चाको बैठकको बैठक सुरु भएको छ । बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ ।
समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।