१७ वर्ष क्याम्पस पढाएकी भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी

61

काठमाडौँ, ३१ असार । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार सिंहदरबारमास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गर्नुभएको छ ।

सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

२०७५ को ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रको निधन भएपछि २०७६ को उपनिर्वाचनमा एमालेले रवीन्द्रकै धर्मपत्नी विद्यालाई टिकट दिइको थियो । १७ वर्ष क्याम्पस पढाउनुभएकी उहाँले भट्टराई लामो समयको शिक्षण पेसा छोडेर संसदीय राजनीतिमा प्रवेश गर्नुभयो ।

२०४७ मा एमालेको संगठित सदस्यता लिएनुभएकीकी उहाँ २०४८ मा पोखरा एकता राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियूको राष्ट्रिय परिषद् सदस्य निर्वाचित हुनुभएको थियो ।

 

Share This:
सम्बन्धित खबर
Loading...