सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन : गृहमन्त्री लेखक

66

काठमाडौँ, ३१ असार । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रमा शिथिलता संकुचन जुन देखिएको छ अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने, संविधानको समीक्षा र मूल्यांकन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीता जुन संविधानका मूल तत्वहरु छन् त्यसलाई बलियो बनाउने सरकारको प्राथमिकता हुन् ।’

Share This:
सम्बन्धित खबर
Loading...