प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

60

काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री ओलीले आजै पदभार गर्नुभएको हो ।

त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधैँ लैनचौर जानुभएको हो ।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...