ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार शपथ

34

काठमाडौँ, ३० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत नभएपछि शुक्रबार नै संविधानको धारा ७६(२)अनुसार सरकार गठनको आह्वान भएको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)ले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेश गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...