प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्ने छौँ : रवि लामिछाने

79

काठमाडौँ, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नका लागि तयार रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ठुलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढी जिम्मेवारी थपिएको भन्दै इमान्दारिताका साथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

‘ठुला दल मिलेपछि त प्रतिपक्ष अलि तगडा हुनुपर्‍यो त्यसकारण हामी तयार छौँ । अलग अलग भूमिकामा निष्पक्षकासाथ काम गर्ने हो । इमान्दारिताका साथ काम गर्दा जुन सुकै भूमिकामा पनि त्यस्तो कुनै फरक पर्ने कुरा होइन । प्रतिपक्षमा झन् बढी जिम्मेवारी छ । किनभने ठुलो पार्टीहरु एक ठाउँमा आइसकेपछि अझ बढी जिम्मेवार हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...