शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य भएको छ : प्रधानमन्त्री प्रचण्ड

15

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा बोल्दै भन्नुभयो, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ भन्ने मेरो दाबी छ ।’

साथै, उहाँले विश्वविद्यालयको सुधार उपकुलपति नियुक्तबाटै नै गरेको बताउनुभयो । उहाँले निकै छोटो समयमा त्यसको परिणाम पनि सकारात्मक आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालयमा शिक्षकहरूको दलीय संलग्नतालाई कम गर्ने कुनैपनि पदाधिकारी राजनीतिक हस्तक्षेप बिना योग्यता र उपयुक्तताका आधारमा चयन गर्ने मानक फेरी भत्काइयो भने देश र जनताका लागि ठुलो घात हुनेछ । ’

साथै उहाँले शिक्षालाई रोजगारीसँग जोड्न र सामुदायिक विद्यालयलाई सक्षम र सबल बनाउन अहिले भइरहेका प्रयासहरूलाई कसैले नबिथल्न आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...