हामीले चिनेको रवि लामिछाने अब रहनुभएन : मुकुल ढकाल

39

काठमाडौँ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताउनुभएको छ ।

बुधबार खपार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उहाँले रवि लामिछाने एक्सन म्यान भएता पनि अब पहिलाको जस्तो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन ।’

उहाँले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको समेत बताउनुभयो । लामिछाने पीडितको उद्धारमा खट्नको सट्टा महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक व्यस्त रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘देशमा बाढी पहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन । उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...