माओवादीलाई एमालेको जबाफ- सरकार संविधानकै धाराबाट बन्छ, ‘बाइसे धारा’बाट बन्ने होइन

135

काठमाडौँ, २५ असार । नेकपा (एमाले)का सांसद ईश्वर बहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको जिकिर गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको विषय नभएको बताउनुभयो ।

माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उहाँले भन्नुभयो ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

सांसद रिजालले सरकार संविधानकै धाराअन्तर्गत बन्ने भन्दै बालाजुको बाइसे धाराबाट सरकार नबन्ने प्रष्ट पार्नुभयो । गत असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएपछि हरेक दिन चल्ने प्रतिनिधिसभा बैठकमा एमाले र माओवादीका सांसदहरुबीच सवाल–जवाफ चलिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...