‘रवि क्लब’बाट निष्कासित भए पनि घण्टी बजिरहन्छ : मुकुल ढकाल

60

काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हठाएपछि डा.मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो ।

निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताउनुभयो ।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हितविपरीत काम गरेको भन्दै ढकाललाई रास्वपाले पार्टीबाट निष्काशित गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...