मनिष झाको प्रश्न-‘व्यापारीको पुगेर हस्ताक्षर गर्ने अनि देश भविष्य खोज्ने ?’

58

काठमाडौँ, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीले राजीनामा नदिएर संसदीय अभ्यास र नैतिकताविपरीत जानुभयो भनेर राखिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष प्रधानमन्त्री नबन्ने भनेर गएको १० घन्टामा कुनै व्यापारीकोमा पुगेर हस्ताक्षर गरेको र देशको भविष्यको खाका कोरेको भन्दै त्यही पार्टीको सांसदले नैतिकताको प्रश्न उठाउन नमिल्ने बताउनुभयो ।

‘संसदीय अभ्यासविपरीत गएर कुनै काम गरिएको छैन । १९ गते राजीनामा बुझाउनुभयो । त्यसबाट ३० दिन गणना गर्न हो भने जुन २८ गते समय लिइँदै छ । थप २१ दिन लिन पाइन्छ । तर, लिएको छैन । किन तर्सिनुभएको ? नतर्सिनको लागि अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...