विद्रोहको पूर्ण रुपमा अनुमोदन भयो : जगन्ननाथ खतिवडा

43

काठमाडौँ, २२ असार । नेकपा (एकीकृत समाजवादी)का नेता जगन्ननाथ खतिवडाले विद्रोहको पूर्ण रुपमा अनुमोदन भएको निष्कर्ष पार्टीले निकालेको बताउनुभएको छ ।

शनिबार दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको प्रथम बैठकको निर्णयहरु सार्वजनिक गर्दै उहाँले पार्टीमाथी भएका प्रहारहरुलाई चिर्दै, राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको भन्दै विद्रोहको पूर्ण रुपमा अनुमोदन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशनको समीक्षा गर्दै सबै कार्यक्रमहरु प्रभावकारी रहेको, सर्वसम्मत नेतृत्व चयन गरिएको कारणले आम कार्यकर्ताहरुमा व्यापक उत्साह वृद्धि भएका छन् । आजसम्म हामीमाथि भएका अनेकौ प्रहारहरुलाई चिर्दै, राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नाले हामीले गरेको विद्रोहको पूर्ण रुपमा अनुमोदन भएको निष्कर्ष निकालेका छौँ ।’

यसका साथै कमिटिले पूर्णता प्राप्त नगरेको र पदाधिकारीहरु पूर्ण रुपमा चयन नभएको हुनाले तत्कालीन अवस्थामा अति आवश्यक कामहरु सम्पन्न गर्नका लागि विगतमा जिम्मेवारी दिएका सदस्यहरुलाई नै जिम्मेवारी प्रवाह गर्नेगरी अन्तरिम व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कमिटिले पूर्णता प्राप्त नगरेको, पदाधिकारीहरु पूर्ण रुपमा चयन पनि नभएको अवस्थामा तत्कालीन अवस्थामा अतिआवश्यक कार्यालयका कामहरु सम्पन्न गर्नका लागि विगतमा जुन जुन सदस्यहरुलाई जेजस्तो जिम्मेवारी दिने गरिएको थियो, त्यही जिम्मेवारी प्रवाह गर्ने गरी अन्तरिम व्यवस्था गरिएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...