बचत फिर्ता नहुनु नै सहकारी क्षेत्रको ठूलो समस्या हो : अध्यक्ष गिरी

27

काठमाडौँ, १९ असार । सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारीमा देखिएका समस्याहरु समाधान गर्न सरकारले अपनाएको नीति तथा कार्यक्रम तथा बजेटले प्रभावकारी काम गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल न्युज बैंकसँग कुराकानी गर्दै अध्यक्ष गिरीले अगामी आर्थिक वर्षको बजेटमा समेत सहकारीमा सुधार गर्ने कार्यक्रमहरु ल्याइएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । कार्यान्वयन पक्ष फितलो भएको कारण सहकारी र वित्तीय संस्थाहरु अनुशासनविहीन भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बजेट, ऐन, कानुन र कार्यक्रमहरु राज्यले ल्याइनै रहेको छ । तर, राज्यले अहिलेसम्म सहकारी सुधारका लागि ल्याएका कार्यक्रमहर प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएको छैन । आगामी आर्थिक वर्षको बजेटमा समेत सहकारीका सुधारका लागि बजेट छुट्याइएको छ, कार्यान्वयनको पक्ष चाहिँ सहज छैन । कार्यान्वयन फितलो हुँदा समस्या जहाँको त्यहीँ हुन्छन् कि जस्तो लाग्छ ।’

अहिले सहकारीमा देखिएको प्रमुख समस्या भनेको सहकारीका बचतकर्ता तथा सञ्चालकहरुले लगेको पैसा फिर्ता नगर्नु रहेको गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जतिपनि सहकारीहरुमा समस्या देखिएका छन् । खासगरी सहकारीका बचतकर्ता र सञ्जालकहरुले लगेको पैसा फिर्ता नगर्नु हो । यसरी सहकारीका पैसा फिर्ता नहुँदा सहकारीहरुमा तरलता अभाव देखिएको हो । यसको समाधानका लागि सरकारले ऐन र कानुनमा रहेका कुराहरु कार्यान्वयन गराउला । कारबाही गर्ला तर एक जना बचतकर्ता अथवा सञ्चालकलाई कारबाही गरेर समस्याको समाधान गर्न सकिँदैन ।’

सहकारीका सञ्चालक र बचतकर्ताहरुले लगेको पैसा समयमै फिर्ता गरिदिए सहकारीमा देखिएका अधिकांश समस्याहरु हल हुने गिरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...