प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस्

55

काठमाडौँ, १६ असार । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उहाँले प्रधानमन्त्रीलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएनुभएको हो । नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो,‘मैले प्रधानमन्त्रीलाई भनेको छु । सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ । पोलिसी म्याटरको छलफल गरौँ । कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौँ । छलफल गर्‍यो सुन्यो सिध्यो । पुराण सुनेजस्तो नगरौँ । आँखा चिम्लेर सुनेपछि सक्यो । यस्तो गरेर भएन । ठोस् रुपमा कार्यान्वयनमा जाऔँ । र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला ।’

अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...