स्वीटजरल्यान्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट

8

काठमाडौँ, ७ असार । स्वीटजरल्यान्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्वीटजरल्यान्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेटलगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले बिक्री वितरण गर्दै आएको छ ।

सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्वीस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरु हुन् । १७२ वर्षभन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधि र आधुनिकतासँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, व्यवसायी तथा संभ्रान्तहरुको पहिलो रोजाइ बन्दै आएको छ ।

दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखि बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनी सँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो ।

“नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौँ,“ वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्नुहुनछ, “त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनीसँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौँ।“

उहाँ थप्नुहुन्छ, “सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिँदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौँ ।“ कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...