सुनको भाउ तोलामा ६ सयले बढ्यो

16

काठमाडौँ, ६ असार । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...